नेप्सेमा उच्च अंकको गिरावट



काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार सात सय ५३ बराबरको कारोबार भयो ।

यस्तै, डोल्टी पावर नौ दशमलव  ५६, साधना लघुवित्त आठ दशमलव  ७२, समता घरेलु लघुवित्त आठ दशमलव  ७२, कुमारी बैंकको ऋणपत्र चार दशमलव शून्य तीन र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

पिपल्स पावर नौ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी सात दशमलव ५५, हिमालयन डिस्टिलरी छ दशमलव ३३, जानकी फाइनान्स पाँच दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने पाँच दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

ठमेलमा खाना तथा हस्तकला मेला आयोजना

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा

प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

  बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा