नेप्सेमा सामान्य अंकको गिरावट



काठमाडौं । मंगलबार झन्डै २५ अङ्कले घटेको शेयर बजार बुधबार पनि सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४० दशमलव ७० विन्दुमा झरेको छ । बुधबार बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको शेयर सामान्य घटेको छ ।

विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ । बुधबार दुई सय २० वटा कम्पनीको ३४ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज साम्लिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि आज अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, मन्दाकिनी हाइड्रो, श्वेतगंगा हाइड्रो र सपोर्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्काशन

लाल आयोगद्वारा ऊर्जामन्त्री बस्नेतलाई प्रतिवेदन हस्तान्तरण

  काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न सर्वोच्च

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको

उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी