काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।
आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ। आइटम गीत ‘टिमिक्कै चोली’ मा मोडल अलिशा शर्माले नृत्य गरेकी छन्।
नबिन भट्टको डेब्यु निर्देशन रहेको चलचित्रको गत साता शीर्ष गीत सार्वजनिक गरिएको थियो । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्।
काठमाडौं । तामाङ चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’ सार्वजनिक भएको छ। उक्त गीतमा गीतकार साङ्गे ब्लोन तामाङको शब्द,चर्चित गायक तथा संगीतकार विशाल काल्तनको संगीत रहेको छ भने चर्चित गायिका शशिकला मोक्तानको स्वर रहेको छ । चाँद सिँको एरेञ्ज गरेको गीतलाई दिपेस प्रधानले मिक्सिङ गरेका छन् । कोरियोग्राफी अजय स्याङतान…
गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताए । गायक जङ्गमकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले…
काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत फिल्मका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ ।…