चलचित्र ‘मिलन’ को आइटम गीत(भिडियोसहित)



काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत फिल्मका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारले नृत्य गरेका छन् । अभिनेताद्वय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र निर्माण टिमले यसअघि फिल्ममा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेको छ ।

प्रविन थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय रहेको छ।

राहुल राईको छायाँकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । काठमाडौं र कालिन्चोकमा खिचिएको फिल्म ‘मिलन’ले निर्वाचन पछि को मितिमा दर्शकको उल्लेख्य उपस्थिति रहनेमा विश्वस्त देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा