आगामी चैतमा अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने



काठमाडौं । आगामी चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागिता हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष डा चेतराज भट्टले जानकारी दिए।

उनले गणितको महत्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमा गणित विषयका २३ वटा विधा समेटिएको छ । उनले सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको अन्तर्राष्ट्रिय महत्व कति छ भन्ने बुझाउन पनि सम्मेलनले सार्थकता राख्ने बताए ।

सम्मेलनमा नेपाली गणितज्ञले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन् । सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तरराष्ट्रिय जगत्मा परिचित गराउने उद्देश्य रहेको छ । सम्मेलनमा पाँचवटा कार्यपत्र, २५ आमन्त्रित कार्यपत्र प्रस्तुत गरिनेछ ।

गत वर्ष गर्न भनिएका सम्मेलन कोरोना भाइरसका कारणले चैतमा हुन थालेको हो । नेपालमा ५० भन्दा बढीले गणितमा विद्यावारिधि र सयभन्दा बढीले एमफिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा

प्रधानमन्त्रीद्वारा मध्यपश्चिममा गौतम र पूर्वाञ्चलको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । सरकारले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ

विद्यार्थीहरु विदेशिनु त्रिवि मात्र कारक होइनः शिक्षाध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको