तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य



काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ  ६३ करोड ५३ लाख र पूँजीगततर्फ  ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान  दुई ५३ करोड ७६ लाख (चार दशमलव ४७ प्रतिशत) र वैदेशिक अनुदान चार अर्ब ९४ करोड दुई लाख (आठ दशमलव ६९ प्रतिशत) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई