मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.पौडेल नियुक्त



सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो ।

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा पौडेललाई छनोट गरेको थियो ।

१९ जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा डा पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गर्नुभएको उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए ।

उपकुलपति प्रा डा सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गरे ।

यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन

हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा

प्रधानमन्त्रीद्वारा मध्यपश्चिममा गौतम र पूर्वाञ्चलको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । सरकारले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ