विश्व

हिमाचल प्रदेशमा पहिरोले पर्यटकको गाडीमा पुरिँदा नौ जनाको मृत्यु

उत्तर भारतको हिमाचल प्रदेशमा पर्यटकहरू सवार एउटा सवारीसाधनमा पहिरो खस्दा नौ जनाको मृत्यु भएको छ । आइतबार भएको उक्त घटनामा अन्य तीनजना घाइते भएका छन् । घटनास्थलमा खिचिएको तथा सामाजिक सञ्जालमा प्रेषित भिडियोमा एउटा पहाडबाट पहिरो खसेको र ठूलाठूला ढुङ्गा