हिमाचल प्रदेशमा पहिरोले पर्यटकको गाडीमा पुरिँदा नौ जनाको मृत्यु



उत्तर भारतको हिमाचल प्रदेशमा पर्यटकहरू सवार एउटा सवारीसाधनमा पहिरो खस्दा नौ जनाको मृत्यु भएको छ । आइतबार भएको उक्त घटनामा अन्य तीनजना घाइते भएका छन् ।

घटनास्थलमा खिचिएको तथा सामाजिक सञ्जालमा प्रेषित भिडियोमा एउटा पहाडबाट पहिरो खसेको र ठूलाठूला ढुङ्गा एउटा पुलमा बजारिएको देखिन्छ । बटसेरी–साङ्गला मार्गमा अचानक पहाडमा विस्फोट भएको जस्तो सुनिएको अनि धूलो उडेको देखिएको बीबीसी हिन्दीले जनाएको छ। त्यसपछि तीव्र गतिमा ढुङ्गाहरू तल खस्न थालेका थिए ।

किन्नौर जिल्लामा पहिरो गएपछि उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालित भएका थिए । रोकेर राखिएका सवारीसाधनमा ठूला ढुङ्गाहरू बजारिएको अनि त्यसपछि पुल भत्किएको दृश्य ट्विटरमा प्रेषित भिडिओमा देखिन्छ। उक्त घटना किन्नौर जिल्लामा भएको हो । देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक प्रकट गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले पीडितका परिवारलाई सरकारी कोषबाट राहत उपलब्ध गराइने बताए । मुख्यमन्त्री ठाकुरका अनुसार पीडित पक्षलाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कार्य भइरहेको छ । दिल्लीबाट हिमाचलको प्रसिद्ध चितकुल गाउँ घुम्न जान गएका मानिसहरू उक्त गाडीमा भएको हिन्दुस्तान टाइम्स पत्रिकाले जनाएको छ । के कारण पहिरो गयो भन्ने स्पष्ट नभए पनि ठूलो वर्षाको पूर्वानुमान गरिँदा पहिरोबारे चेतावनी जारी गरिएको थियो । उक्त घटना भएको बेला पानी भने परेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी