समाज

प्रयोगमा आयो पाल्पाको शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

रामपुर । आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उनले सुनाए ।