प्रवास

ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक नेपालीसहित ५ को मृत्यु

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । अबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर सिलिण्डर पड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको मृत्यु भएको हो ।