समाचार

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंद्वारा सांसद अपहरण सम्बन्धी जाहेरी दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता गरेको छ । सोमबार सरकारी वकिलको कार्यालयले अपहरण सम्बन्धी जाहेरी दर्ता गरेको जनता समाजवादी पार्टीका नेता केशव झाले जानकारी दिएका छन् ।