स्थायी कमिटी बैठक बैशाख २५ गते, कमीकमजोरीबारे प्रधानमन्त्रीद्वारा आत्मालोचना
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बस्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको हो । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले बामदेव गौतमलाई प्रतिनिधिसभाको उमेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेका श्रेष्ठले जानकारी दिए ।