रुकमाङ्गद कटवाल ट्रष्टद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग



काठमाडौं । रुकमाङ्गद कटवाल ट्रष्टले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । डा. महावीर पुनद्वारा सञ्चालित नाफारहित विशुद्ध देश सेवा भावले स्थापना गरिएको केन्द्रलाई ट्रष्टले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

देशको सर्वाङ्गीण विकासको लागि कठीन परिस्थितिका बाबजुद दिनरात खटिरहेको केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको ट्रष्टले जनाएको छ । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्नको लागि केन्द्रले पिपिई निर्माण कार्यमा खेलेको भूमिका सराहनीय रहेको ट्रष्टले उल्लेख गरेको छ ।

पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले सातवर्ष अघि स्थापना गरेको ट्रष्टले शिक्षा, स्वास्थ्य, गरीवी निवारण, विपत् व्यवस्थापन र अन्य सामाजिक कार्यका लागि विभिन्न सहयोग गर्दै आएको छ ।

हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका, असहाय, अपाङ्ग तथा सीमान्तकृत वर्गका ५३ जना विद्यार्थीलाई प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर। रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर ।  कैलालीको टीकापुर–८, अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको