अर्थ

कित्ताकाट खुला गर्ने सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने काम भयोः किसान महासंघ

काठमाडौं । सत्तारुढ नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरी सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने दाबी गरेको छ ।