मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड



काठमाडौं। अबदेखि मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्नसबै सेवा प्रदायकको एउटै सर्ट कोड हुने भएको छ। मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको हो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको छ।

यसअघिसम्म सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएको थियो। जसमा नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो। त्यस्तै एनसेलमा मोबाइल ब्यालेन्स चेक गर्न *१०१#, ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२# र रिचार्जका लागि *१०२# प्रयोग हुँदै आएको थियो। स्मार्ट सेलको हकमा मोबाइल ब्यालेन्स चेक गर्न *१२३#, ब्यालेन्स ट्रान्सफर गर्न *१३१# र रिचार्जका लागि *४२२# प्रयोग हुँदै आएको थियो। अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ ।

नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले ब्यालेन्स चेक गर्न १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने छ। प्रयोगकर्ताको सहजताको लागि भन्दै प्राधिकरणले यतो खालको प्रावधान राखेको जनाएको छ।

यो प्रावधान सेवा प्रदायकले कार्यविधि जारी भएको मितिले ६ महिनाभित्र कार्यन्वयनमा ल्याउनु पर्नेछ। साथै ६ महिनापछि एक वर्षसम्म सेवा प्रदायकले पुरानो र नयाँ दुवै कोडलाई समानान्तर रुपमा प्रयोगमा ल्याउन पाउने व्यवस्था कार्यविधिले गरेको छ। एक वर्षपछि भने कार्यविधि अनुसारकै कोडमात्रै प्रयोग गर्नुपर्ने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले

भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी

काठमाडौं ।  चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम

भदौमा भित्रियो दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब

शेयर बजारमा दोहोरो अंकको बृद्धि

काठमाडौं ।   दशैं बिदापछिको पहिलो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको