अर्थ

अब तेल मात्रै बेचेर मात्र रमाउने होइन, निगमले नयाँ विकल्प खोज्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताएका छन् । निगमको ५५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा निगमले महत्वपूर्ण भूमिका खेलिरहेको