अर्थ

बढे बेनीमा होटल, टर्‍यो यात्रुका समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ । बेनी, सिङ्गा तातोपानी, गलेश्वर, भुरुङ–तातोपानीका पुराना होटलले क्षमता विस्तार र सुविधायुक्त नयाँ होटल खुल्न थालेपछि पाहुनाले सहजै बास पाउन थालेका