मर्दी र खुमैंडाँडा पदमार्गमा गाउँपालिकाले शुल्क उठाउने



पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो पालिकाभित्रका पदमार्गमा आउने पदयात्रीबाट शुल्क उठाउने भएको छ । पदमार्गको पूर्वाधार विकास गर्न पदयात्रीबाट शुल्क उठाउने निर्णय गाउँ सभाले नै गरेको कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिए ।

पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीलाई ५ सय र नेपाली पदयात्रीलाई १ सय रुपैयाँ तोकिएको छ । ‘यो यही हप्ताभित्रै लागू हुन्छ । पहिलो चरणमा मर्दी र खुमैंडाँडा पदमार्गमा शुल्क उठाउँदैछौं,’ उनले भने ।

हाललाई कागजी रसिद नै काटिने र केही समयपछि डिजिटल ट्रेक कार्ड बनाउने गरी योजना अघि बढेको गाउँपालिकाले जनाएको छ । ‘पदमार्गको पूर्वाधार विकास, संरचना निर्माण, सूचना केन्द्र स्थापना गर्न पनि शुल्क उठाउनुपर्ने बाध्यता भयो,’ गुरुङले भने, ‘यसबाट पदयात्रीको एकीन तथ्यांक संकलन हुने र त्योअनुसार काम र योजना बनाउन पनि सजिलो हुने विश्वास छ ।’

माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे मोडल ट्रेल (मर्दी हिमाल पदमार्ग)सहित ग्रेट माछापुच्छ्रे ट्रेल (खुमैं–कोर्चाङ पदमार्ग) र तारा–हिलटप पदमार्ग पछिल्लो समय पदयात्रीको सर्वाधिक रोजाइँमा पर्दै आएको छ ।

माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल हुमाल (लोक्याम्प)मा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा शुल्क उठाउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । ‘ताराहिलटप अहिले प्रोमोसनकै फेजमा रहेकाले केही समय त्यहाँ शुल्क नउठाउने निर्णय भएको छ,’ गुरुङले भने ।

गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । उक्त गाउँसभाबाट पारित आर्थिक ऐन २०८० को अनुसूची ६(७)अनुसार गाउँपालिकाले पदयात्रीबाट शुल्क उठाउन लागेको हो ।

मर्दी हिमालमा वार्षिक अनुमानित ३५ हजार पदयात्री पुग्ने गरेको गाउँपालिकाको भनाइ छ । त्यसमध्ये मर्दी पुग्ने विदेशी पदयात्रीको संख्या अनुमानित ७ हजार छ ।

तर, खुमैं–कोर्चाङ पदमार्गमा भने पदयात्री जान थालेको करिब २ वर्षमात्रै भएकाले एकीन तथ्यांक नभएको गुरुङले सुनाए । उनका अनुसार यो वर्ष मर्दी हिमाल पुग्नेमा नेपालीभन्दा विदेशी धेरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२५ करोडको लागतमा कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा  २५ करोडको लागतमा मोटरेबल पक्की

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठा

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै