शिक्षा

चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार

भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रावृत्तिमार्फत सहयोग गर्न थालेको हो ।