मंगलबारदेखि कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई ललितपुर महानगरको पत्राचार



पाटन । ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सोमबार पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गर्न अनुरोध गरेका हुन् ।

‘महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ । उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप हालसम्म सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ ।

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकले २६ दिनदेखि आन्दोलन जारी राख्दा देशभरका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले

पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास