कभर स्टोरी

वातावरणप्रति सधैं उदासीन

भृकुटी राई, खोज पत्रकारिता केन्द्र वैशाखको सुरुतिर पुरै देश नै कोभिड-१९ को दोस्रो लहरलाई नियन्त्रणमा राख्नलाई अर्को चरणको निषेधाज्ञाको तयारी गर्दैगर्दा, अधिवक्ता पदम बहादुर श्रेष्ठ भने आफ्नै बेग्लै तयारीमा जुटेका थिए । श्रेष्ठ लामो समयदेखि नेपालका खोलानालाको निरन्तर दोहनबाट चिन्तित थिए।