भविष्यको दर्शनशास्त्र



डा. गोविन्दशरण उपाध्याय ।
दर्शनशास्त्र आफैंमा विश्वास होइन, जिज्ञासा अनुभूतिहरूको तार्किक समीक्षा तथा विश्वास र तार्किक मान्छेका विचको सम्बन्ध खोज्ने अनवरत प्रयत्न हो । जिज्ञासा भन्दा विश्वासको उत्पत्ति पहिला भएको होला तर ती विश्वासहरूलाई प्रायोजित रूपमा “सिद्धान्त“मा ढाल्ने काम दर्शनशास्त्रका प्रतिमानहरूले गरेका हुन् । त्यसैले दर्शन र विज्ञान सधैं अगाडी बढिरहेका छन् । जिज्ञासाले विज्ञान अगाडी बढ्छ । विश्वासले धार्मिक प्रतिमानहरू जीवित रहन्छन् । भविष्यको धार्मिक प्रतिमान कस्ता होलान् ? धर्म र धर्मसँग जोडिएका प्रतिमानहरूको दार्शनिक भविष्य कस्तो होला ? यो प्रश्न आजभोली निकै ज्वलन्त बनेको छ । धर्म र धार्मिकहरूले दर्शन तथा विज्ञान दूवैलाई आफ्नो सेवकको रूपमा खडा भएको देख्न चाहन्छन् भने विज्ञानले यो चाहनालाई अस्वीकार गर्छ भने दर्शनशास्त्रले धर्म र विज्ञानमा औचित्यका आधारमा सहयोगात्मक अवधारणा स्वीकार गरेर सहकार्य गर्न प्रस्ताव गर्छ ।

एउटा वा अनेक सर्वशक्तिमान देव वा देवदेवीलाई आफ्नो र विश्वको सृष्टिको कारण मान्नेहरू विज्ञानका अभिमतबाट सुरु देखिनै असमति राख्दै आएका छन् । विज्ञानको विकासले मान्छेको विश्वासमा निकै फरक ल्याएको छ । सर्वशक्तिमान एक ईश्वरमा विश्वास राख्ने र विज्ञानको निन्दा गर्नेहरू पनि विज्ञानकै प्रतिमानहरू प्रयोग गरेर आफ्नो विश्वासको ईश्वरलाई सिद्ध गर्ने प्रयत्न गरिरहेका छन् । वास्तविक ईश्वरको सत्ता छ कि छैन कसैके भन्न सक्दैन तर मान्छेको विश्वासभित्र आज पनि बलियो ईश्वरीय सत्ता वा सत्यको उपस्थिति छ । मान्छेको जीवन र दैनिकीमा ईश्वरीय शक्तिको गहिरो प्रभाव छ भन्ने तत्थ्य कसैले नकार्न मिल्दैन । ल्याबको संस्कृतिमा सत्य खोज्नेहरूले अस्वीकार गर्दैमा विश्वासको उपस्थिति निमिट्यान्न हुँदैन ।

विश्वास नै धर्मको मनोबैज्ञानिक आधार हो । धार्मिक सत्य तर्कहरूमा होइन विश्वासमा टिकेको हुन्छ ।विश्वास सङ्कल्पमा आधारित हुन्छ । सङ्कल्पमा ज्ञान तथा तर्कका अवशेषहरू अन्तर्निहित हुन्छन् । प्रसिद्ध दार्शनिक तथा मनोबैज्ञानिक विलियम जेम्सकाअनुसार ईश्वर विश्वासको विषय हो । विश्वासले मान्छेलाई भविष्यप्रति आशावादी बनाउँछ । अझैं फराकिलो गरेर भन्ने हो भने विश्वास नै एस्तो शक्ति हो जसले हरेक मनुष्यको संज्ञानमा मनुष्य समाज अझै उन्नत भएर भविष्यमा अझैं प्रगति गर्ने छ, विश्व इतिहास भन्दा बढी सभ्य, महत्वपूर्ण र बाँच्नका लागि उपयुक्त हुनेछ भन्ने विश्वासलाई बलियो परेर समाज तथा व्यक्तिलाई भविष्यको तयारी गर्न उर्जा प्रदान गरिरहेको छ । यस्तो उर्जालाई चिन्तन प्रणालीमा ढाल्न धार्मिक तथा अनन्तको विश्वासले हरहमेशा सघाईरहने छ ।

हुन त पश्चिमा दार्शनिक दृष्टिकोणमा धार्मिक तथा ईश्वरीय शक्तिका दार्शनिक सिद्धान्तहरूलाई अंगालेर हिड्ने दार्शनिकहरूको अभाव नै देखिन थालेको छ तर पनि केही अर्थक्रियावादीहरूले र प्राचीन वैदिक चिन्तनको पुनर्जागरण गर्न अभ्यासरत नेपाली तथा भारतीय दार्शनिकहरूले प्राचीन प्रतिमानकै आधारमा वर्तमान तथा भविष्यको दर्शनसंग तादात्म्य स्थापित गर्ने प्रयत्न गर्दैछन् । ओलिभर लिम्यान, ब्रेन लेटर तथा जन सर्लजस्ता पश्चिमा दार्शनिकहरूले “अवको दर्शनशास्त्रले तकनिकीलाई बाटो देखाउनु पर्छ र तकनिकीको विकासका कारण भविष्यमा मान्छेमा देखिन सक्ने नैतिक, तार्किक तथा सामाजिक पाटो वारे सोच्नु पर्छ भन्ने मनसाय व्यक्त गरेको पाइन्छ तर नेपाल र भारतका दार्शनिकहरू भने यांत्रिकीका साथै आध्यात्मिक चेतना संगै अगाडी भन्दा मानवलाई यांत्रिक बन्नबाट जोगाउन सकिन्छ भन्दै आध्यात्मिकताको बचाउँ गरेका छन् । पक्ष वा विपक्षमा जे–जस्तो तर्क गरे पनि भविष्यको दर्शनशास्त्रले यांत्रिकीको विकास र तिनबाट निम्तिन सक्ने वा निम्तिरहेका मानवीय समस्याहरूलाई प्रष्ट पार्नु पर्ने छ ।

स्वर्गबाट ईश्वरले हेरिरहेको छ भन्ने विश्वासले अनेकौं सुव्यबस्थाहरू कायम छन् । मान्छेको मनमा शान्ति र भविष्यका लागि सुरक्षाको भावना बलियो हुन्छ । विलियम जेम्सकाअनुसार धार्मिक विश्वास विज्ञान विरोधी छैन । धार्मिक विश्वास अनुभूतिमा आधारित हुन्छ । विज्ञानको आधार अनुभव हुन्छ । अनुभव र अनुभूति दूवै मानसिक विषय हुन् । धर्म होस् वा विज्ञान दूवैले अनुभूतिहरूको विश्लेषण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल’ शब्द सुन्नासाथ जापानीहरुको मनमा सगरमाथाको प्रतिनिधत्व हुने मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ’

काठमाडौँ । “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष