एमसीसीले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखेः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना(एमसीसी) राम्रो रहेको कुरा अहिले आएर सबैले बुझेको बताएका छन् ।

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक कार्यक्रममा सभापति देउवाले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भएपनि अहिले आएर सबैले त्यो साँच्चिकै नै राम्रो छ भन्ने लागेको बताएका हुन् ।

उनले भने, ‘एमसीसी प्रतिनिधिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरु भए । तर अहिले आएर सबैले साच्चिकै राम्रो रहेछ यो एमसीसी भनेर बुझेका छन् । यो ग्रान्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे ।’

सभापति देउवाले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताए ।

कार्यक्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले उत्तर दक्षिण मित्र राष्ट्रहरुसँगको उन्नतिसँग लाभान्वित हुनुपर्ने र विकास निर्माणमा भइरहेको ढिलाई बारे गहन रुपमा छलफल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार

‘भूमिसम्बन्धी अध्यादेश ल्याउँदा विचार गर्नुपथ्र्यो’

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी

माधव नेपालको सुझावः हामीले विद्रोह गरेकोमा प्रश्न उठाउनेले वामदेव र भीम रावललाई हेर्नु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेश

अनुहारमा जलन भएकाले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वासनली र फोक्सोमा असर गरेको आशंका, उच्च निगरानीमा उपचार हुँदै

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल