बालेन नै काठमाडौँका सबै समस्याका अचुक समाधान हुन् भन्ने हुँदै होइन, तर अब्बल र इमान्दार देखिन्छन् !



नारायण गाउँले ।

संसदको भिडियो हेरियो । प्रक्रिया अनुसार बजेटका एकएक बुँदामा, स्रोतको विविधीकरण र करमा, ऋणका प्रावधान र बजेटको कार्यान्वयनसम्बन्धी जटिलताहरूबारे बहस र सुझाव दिनुपर्ने थियो । तर बोल्ने सांसदले चुनाबी सभा जस्तै छेउ न टुप्पोको भाषण गरे । घन्टौँ त्यही हजार पटक दोहोऱ्याएको गाली, व्यङ्ग्य र तुच्छ भड़ास प्रस्तुत गरे । बजेट शब्द उच्चारण गर्नेले पनि कुनै तथ्याङ्क, दृष्टान्त, उदाहरण या तर्क प्रस्तुत गरेनन् । बजेट चिप्लेकिरा जस्तो छ भने, हावा जस्तो छ भने । तल बस्ने सजातीयहरूले टेबल ठोके । न पढ़्न पर्ने, न तैयारी गर्न पर्ने, न आरोप-प्रत्यारोपको तथ्याङ्कसहित पुष्टि गर्न पर्ने । न विषयमा विज्ञ हुनुपर्ने, न विषयमा बोल्न पर्ने ।

संयोगवश, महानगरको नगरसभा बैठक पनि हेरियो । नयाँ मेयरलाई सुनियो । के गर्न सकिन्छ, कति साधनस्रोत जुटाउन सकिन्छ, कति गर्न सकिन्न र कति सुरुवात गर्न सकिन्छ भन्ने हेक्का त्यहाँ थियो । विजयी उन्माद र घमण्डको साटो सबैलाई नम्रता र समेट्ने खालको भद्रता थियो । हावादारी योजनाको पोको थिएन । यसअघिको मेयरका असफलताका किताब थिएन । गाली थिएन । केही गरौँ भन्ने हुटहुटी थियो तर हिरोपन्थी थिएन । एउटा परिपक्व र सीमाहरू बुझेको मेयरको गन्ध थियो । पहिलो बैठक थियो, पक्कै सानातिना प्रक्रिया एकैपल्ट सिकिन्न । तर, प्रक्रिया तोड्ने उद्दण्डता त्यहाँ थिएन । सबैभन्दा ठूलो कुरा, संसदमा बड़ेमानका नेताले विषय मिचेर गरेको ‘चुनाबमा यस्तो भयो, उस्तो भयो, हामीलाई घेराबन्दी भयो, तैपनि हाम्रो यति मत आयो, हाम्रो पार्टी यस्तो हो, उस्तो हो, अर्को चुनाबमा अहिलेको बेलुन फुटाइन्छ, दुई तिहाई जुटाइन्छ’ जस्तो भाषण थिएन । उसो त बालेनका विरुद्ध पनि गठबन्धन थियो, नानाथरी दुष्प्रचारहरू थिए । कोर र सोर एरियाको नाममा नेवार समुदायलाई घोर साम्प्रदायिक देखाउने अभियान थिए । यसो एक घण्टा भाषण गर्न पुग्ने विषय त बालेनसँग पनि थियो ।
आज समाचार र फेसबुक हेर्दै छु । सबैभन्दा बढ़ी प्रक्रिया पुगेन भन्नेहरू तिनै गालीमा ताली ठोक्नेहरू र तिनका अनुयायी रहेछन् । आफू सभापति बन्नका लागि महिनौं अघि नै मेयरको टिकट बेच्नेहरूका समर्थक रहेछन् ।

बालेन नै काठमाडौँका सबै समस्याका अचुक समाधान हुन् या सर्वोत्तम विकल्प हुन् भन्ने हुँदै होइन, तर हाम्रा अन्य सबै प्रक्रियावादी भन्दा उनी अब्बल र इमान्दार देखिन्छन् ! उसो त हामीलाई पहिलो दिन नै दुई वर्षमा मोनोरेलदेखि विश्वकै नमुना शहर बनाउने मेयर मन पर्छ, बाटो हिँड्ने बटुवाको पिसाब फेर्ने समस्याबारे कुरा गर्ने मेयर कहाँबाट मन परोस् ! हाम्रो सोच्ने प्रक्रिया पनि मिलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रञ्जितालाई रेशमको आग्रहः पार्टी र सरकार दुबै तिमी चलाउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी

विद्यार्थीहरु विदेशिनु त्रिवि मात्र कारक होइनः शिक्षाध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको

४५ दिनदेखि बन्द रहेको कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती