चिनियाँ राष्ट्रपति सिको भ्रमणलाई लिएर भारतमा पनि सुरक्षा व्यवस्था कडा



चीनका राष्ट्रपति सी जिनपिङले भोलि शुक्रबारदेखि गर्न लागेको भारतको भ्रमणलाई लिएर त्यहाँको सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको छ ।

उनी भारतको तमिलनाडुको चेन्नई भ्रमण गर्दैछन् । सयौं विद्यार्थी र नृत्यंगनाहरुले सांस्कृतिक कार्यक्रम गर्नको लागि अहिले रिहर्सल गरिरहेको पाइएको छ । मन्दिर र अन्य मोनुमेन्टहरुमा पर्यटकलाई जान दिइएको छैन ।

कतिपय मन्दिर अक्टोबर १ देखि नै बन्द गरिएका छन् । दुई हप्ताका लागि स्थानीय सबै खालका व्यवसायहरु बन्द गरिएका छन् । मामलापुरमममा नगरपालिकाका कर्मचारी शहरका संरचनाहरुलाई सजाउन लागिपरेका छन् । शहरको अनुहार बदल्ने प्रयास गरिएको छ ।

बे अफ बंगालको छेउछाउमा सुरक्षा व्यवस्था कडा गरिएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्थानीय बीचसाइड रिसोर्टमा दुईपक्षीय अनौपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । तमिलनाडु प्रहरीले ८ हजार प्रहरीलाई सीको सुरक्षाका लागि खटाएको छ । स्थानीय आइटिसी ग्रान्ड चोला होटलमा सुरक्षा व्यवस्था कडा पारिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

चीनका राष्ट्रपतिलाई स्वागतका लागि फ्लेक्स तथा ब्यानर राख्नका लागि मद्रास उच्च न्यायालयले स्थानीय सरकारलाई गएको विहीबार अनुमति दिएको थियो । तमिलनाडु सरकारले कुल ४१ ब्यानर शहरका विभिन्न भागमा लगाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई