नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी



रामपुर (पाल्पा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताएका हुन् ।

युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सहभागी हुन उनी पाल्पा आएका हुन् । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए ।

अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छः कोइराला

धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई

देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा

राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकारः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा.शैल रुपाखेतीले जर्मनीका राष्ट्रपति