इन्जिनियरिङ्गकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाइ पिइएद्वारा सम्मान



काठमाडौं । PEA ले विशेष समाराेहका बीच सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएकाे स्नातक तहकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरेकाे हाे । समाराेहमा सभाध्यक्ष पुल्चाेक क्याम्पसका प्राध्यापक डा. शैलेन्द्र कुमार मिश्र, प्रमुख अतिथि इन्जिनियरिङ्ग अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. भरत पहारी,  प्राध्यापकहरू, अभिभावक साथै उच्च स्थान हासिल गर्न सफल विद्यार्थीकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको प्रवेश परीक्षा माघ १४ गतेदेखि सुरु भएको थियाे भने १२ हजार ४ सय विद्यार्थी उपस्थित भएका थिए । जसमध्ये ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त प्रवेश परीक्षामा सोलुखुम्बुका सुमन तामाङ सर्वाेत्कृष्ट नतिजा सहित एक नम्बरमा नाम निकाल्न सफल भएका थिए । आइओईको आंगीक र सम्बन्धन प्राप्त कलेज गरी १५ कलेजमा ४ हजार २४८ सिट रहेका छन् ।

कार्यक्रममा इन्जिनियरिङ्ग अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. भरत पहारीले प्रवेश परीक्षामा सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीले याे स्थानलाइ जीवनभर नै निरन्तरता दिनुपर्ने वताउँदै निरन्तरता दिन नसकेमा अभिसाप समेत बन्न सक्ने बताउनुभयाे । समाजका हरेक क्षेत्रमा इन्जिनिरयरिङ्ग विषयकाे महत्व रहेकाे वताउँदै एउटा सक्षम इन्जिनियरले परिवार, समाज र राष्ट्रलाइ सही दिशा प्रदान गर्न सक्ने वताउनुभयाे ।

कार्यक्रमका सभाध्यक्ष तथा PEA का अध्यक्ष प्रा.डा. शैलेन्द्र कुमार मिश्रले आँफु विगत लामाे समयदेखि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा प्राध्यापन गराउँदै आएकाे र २७ वर्ष देखि नै PEA मा आवद्द भइ विद्यार्थीहरूलाई मार्गदर्शन गर्न पाउँदा खुशी रहेकाे कुरा व्यक्त गर्नुभयाे । काेभिड १९ काे विषम परिस्थितिमा समेत पिइएले अनलाइन कक्षाकाे माध्यमबाट आफ्नाे सेवालाई निरन्तरता दिएकाे स्मरण गराउँदै विद्यार्थीलाइ क्वालिटि एजुकेशन दिने कुरामा संस्थाले कुनै सम्झाैता नगर्ने समेत बताउनुभयाे ।

सर्वाेत्कृष्ट स्थान हाँसिल गर्न सफल विद्यार्थीहरूले PEA मा तयारी गरेकाे छाेटाे समयले आँफुहरूलाई याे स्थानमा आउन सहयाेग गरेकाे वताउँदै आगामी दिनमा समेत थप मेहनत गरि एउटा सफल इन्जिनियर बन्ने र देशलाइ समृद्दिकाे मार्गमा अगाडि बढाउन प्रयास गर्ने कुरा राखेका थिए ।

तपाँइहरू याे देशकाे गहना हाे, याे देश बनाउने जिम्मा अब तपाइँहरूकाे काँधमा छ । अहिले दुःखकाे कुरा के छ भने सक्षम विद्यार्थीहरू विदेश जाने र उतै पलाएन हुने एउटा ठुलाे समस्या रहेकाे र  क्वालिटि मेनपावर नभएकाे कारणले देश पछाडि परेकाे हाे । हाम्राे जस्ताे विकासशील देशमा प्राविधिक जनशक्तिकाे लागि धेरै सम्भावना रहेकाे संस्थाका कार्यकारी निर्देशक इन्जिनियर लक्ष्मण पाेखरेलले स्मरण गराउनुभयाे ।

PEA विगत लामो समयदेखि इन्जिनियरिङ पढ्न चाहनेविद्यार्थीलाई प्रवेश परीक्षामा सघाउँदै आएको शैक्षिक संस्था हो । यहाँबाट प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीलाई प्रतिस्पर्धामा खरो रूपमा उतार्न संस्थाले विशेष खाले शिक्षण विधि अपनाउने गरेको छ । पुल्चोक क्याम्पस तथा अन्य विश्वविद्यालयको B.E. प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस संस्थाले गरीव तथा जेहन्दार विद्यार्थीको लागि स्कोलरसिपमा पढाउँदै आइरहेको छ । नियमित रूपमा कक्षा सञ्चालन, आवश्यक सबै पाठ्यपुस्तकहरू, नमूना परीक्षाहरूले गर्दा विद्यार्थीहरूको शिक्षा सारथीको रूपमा PEA ले सहयोग गर्दै आइरहेको छ । यहाँ तयारी गर्ने विद्यार्थीहरू प्रवेश परीक्षामा नाम निकाल्ने मात्रै नभइ उच्च शिक्षा अध्ययनको क्रममा उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँका चार पालिकाको निर्णयः सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

  दमौली (तनहुँ) ।  तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा

पूर्वाञ्चल विश्वविद्यालयका सात हजारभन्दा विद्यार्थी दीक्षित

  सुन्दरहरैँचा (मोरङ) । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना

कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु