दोस्रो पुस्ताका नेताहरूले अब निकासका लागि पहलकदमी लिनुपर्छः नेता रिजाल



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले अदालतले राजनीतिक समस्या समाधान गरिदिन्छ भनेर अपेक्षा गर्नु नै गलत भएको बताएका छन् । बिहीबार सामाजिक संजाल फेसबुकमार्फत अदालतले संविधानलाई लिकमा फर्काएको र त्यसमा कसरी हिँड्ने भन्ने कुरा राजनीतिक दलहरुमा निर्भर हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘अदालतले राजनीतिक समस्या समाधान गरिदिन्छ भनेर अपेक्षा गर्नु नै गलत हुन्छ । उसले त संविधानलाई लिकमा फर्काइदिएको मात्र हो र त्यसमा कसरी हिंड्ने भन्ने हामीमा निर्भर हुन्छ । त्यसैले ‘अदालतले फैसला गरे पनि समस्या उस्तै छ’ भनेर असंवैधानिक सावित भइसकेको कदमको वचाव गर्नुको साटो पहिलो पुस्ताका नेताहरूमा चरम अविश्वास र व्यक्तित्वको टकराव भएको वेला दोस्रो पुस्ताका नेताहरूले निकासका लागि पहलकदमी लिन सक्दा उहाँहरूको औचित्य र नेतृत्व क्षमता देखिन्छ । अन्यथा जे हुन्छ, त्यो भोग्न त हामी सबै अभिषप्त नै छौं । भनिन्छ नि– मजबुरीका नाम….।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा