अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछुः मनोज गजुरेल



प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ(आफ्ना बाटो लागि सकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावश्यक तनावको श्रृंखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।

२. सकिएको सम्बन्धको आधारहिन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठूलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आबश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।

३. अंश सहित आफूसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बीच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावश्यक टीका टिप्पणी, युटुबमा उनीहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आघात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु( मेरो नाम, फोटो र प्रसङ्ग जोडेर कसैसँग ’अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद।
मनोज गजुरेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा लगानीका लागि कागजी रुपमा रहेका व्यवस्थाहरुलाई सरलीकृत गरेर लगानीमैत्री बनाउनुपर्छ

एकराज पाठक । नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख

ट्रेड युनियन अभियानल गर्न नसकेको काम

अचुतकुमार ओझा आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर

तर दुर्भाग्य, हामीले रेल पनि डिजेलवाला किन्दै छौं

नारायण गाउँले । हाम्रा शहरहरू खाड़ीको मरुभूमिभन्दा तातो र प्रदूषित हुँदै जानुको कारण

लगानीमैत्री वातावरणका लागि चाहिने नीतिप्रति लगानीकर्ता आश्वस्त भएनन्

गोपीनाथ मैनाली । नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र