नेपाली राजनीतिमा विदेशी चलखेल बढ्योः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा संकटको बादल मडारिन थालेको बताएका छन् । ट्वीट गर्दै अध्यक्ष थापाले घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिन्छ । राजा महेन्द्र,राजा बीरेन्द्र, बिपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं ।
नेपाली राजनीतिमा विदेशी ’एसेट’को चलखेल यति व्यापक छ कि ठिक र बेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन् । जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिकको रुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा