राहत वितरणमा अनियमितता भएको कांग्रेसको ठहर



काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राहत वितरणमा अनियमितता भएको ठहर गरेको छ । शनिबार बसेको पार्टी पदाधिकारी बैठकले राहत वितरणमा अनियमिता भएको भएको ठहर गर्दै सर्वदलिय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको हो ।

सत्तारुढ नेकपाको नेतृत्व रहेका स्थानीय तहमा राहत वितरण पक्षपातपूर्ण भएको बैठकले ठहर गरेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न बैठकले माग गरेको छ ।

केन्द्र र प्रदेश सरकारले घोषणा गरेको गरेको राहत लक्षित समूहसम्म नपुगेकोले द्रुत गतिमा राहत पुर्याउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । सरकारले राहत स्वरुप बैंकको व्याज मिनाहा लगायतका काम अघि बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ ।

पदाधिकारी बैठकले अफ्ठ्यारोमा परेका नागरिकहरुका लागि सुरक्षित ढंगले गन्तव्यसम्म जाने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै बाटोमा रहेका नागरिकलाई भोको पर्न नदिन आफ्ना कार्यकर्ताहरुलाई अपील गरेको छ ।

यसैगरी विदेशमा रहेका श्रमिक र विद्यार्थीहरुलाई पर्याप्त रहत नपुगेको विवरण सरकार समक्ष पेशगरी ध्यानाकर्षण गराउने र कुटनीतिक पहलका लागि आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा अझै कारवाही प्रकृया अघि नबढाएको भन्दै आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा छ, अब रोजगारीका अवसर सृजना गर्ने योजना बनाऔंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई

कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी