सीमामा अलपत्र परेका नेपालीहरूलाई उद्धार गरी क्वारेन्टाइनमा राख्न राष्ट्रिय जनमोर्चाको माग



राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय
वक्तव्य
१. भारतको सीमामा आएर अलपत्र परेर बसेका करिब एक हजार नेपालीहरूलाई उद्धार गरी नेपालमा ल्याएर क्बारेन्टाइनमा राख्न आवश्यक व्यवस्था नगरेकोमा हामीले दुःख प्रकट गर्दै त्यसबारे तत्काल आवश्यक कदम चाल्नका लागि सरकारसित अनुरोध गर्दछौँ ।

२. सरकारले काम गरेर जीवननिर्वाह गर्नुपर्ने निम्न आय भएका मानिसहरूका लागि राहतवितरण गर्ने घोषणा गरेको छ । तर त्यसको वितरण पनि न्यायसङ्गत र सन्तोषजनक प्रकारले हुन नसकेकोप्रति हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

३. देशका कतिपय भागहरूमा कामहरू बन्द भएपछि ठुलो सङ्ख्यामा मानिसहरू बेखर्ची भई आफ्नो घरमा पुग्न पैदल हिडेका समाचारहरू संचार माध्यमहरूले लगातार बाहिर ल्याइरहेका छन् । त्यस्तो स्थिति पैदा हुन नदिन र सबैतिर राहतको वितरण गर्न प्रभावशाली प्रकारले काम गर्न हामीले सरकारसित माग गर्दछौँ ।

४. जिल्लाहरूमा कोरोना भाइरसको रोकथाम वा राहतवितरणमा समेत दलीय आधारमा भेदभाव भइरहेका समाचारहरू प्राप्त भइरहेका छन् । अहिले देशमा देखापरेको गम्भीर सङ्कटलाई सबै राजनीतिक दलहरू र जनताको व्यापक एकताद्वारा नै सामना गर्न सकिन्छ । त्यसका लागि सरकारले पहल गर्नुपर्ने आवश्यकता छ । त्यही प्रकारले राहतवितरणको कामलाई पनि पालिकाहरूले सबै राजनीतिक दलहरूसित सामन्जस्यता गरी वितरण गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।

अहिले कोरोना भाइरसको कारणले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न भएको कुरा सत्य हो । तर त्यो कारणले जनजीवनमा जुन गम्भीर सङ्कटको स्थिति पैदा भएको छ वा त्यो सङ्कट बढ्दै जाने सम्भावना छ, त्यो अवस्थामा कोरोना भाइरसको समस्यालाई स्वास्थ्यसम्बन्धी समस्याको रूपमा मात्र नहेरेर जनजीवनसित जोडिएको गम्भीर समस्याको रूपमा पनि हेर्नुपर्ने र त्यसरी कोरोना भाइरसका कारणले जनजीवनमा पैदा भएको समस्यालाई समाधान गर्न ठोस कार्यक्रम बनाएर काम गर्नुपर्ने आवश्यकतामा हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।

५. सूदूरपश्चिममा कोरना भाइरसको उच्च जोखिम देखा परेको छ । त्यहाँ एकातिर ठूलो सङ्ख्यामा भारतबाट नेपालीहरू आएका छन् भने अर्कातिर उनीहरूको स्वास्थ्य जाँचको पनि समुचित व्यवस्था भएको छैन । त्यसैले त्यहाँ कोरना भाइरसको उच्च जोखिम देखा परेको छ र त्यसले दोश्रो चरणमा प्रवेश गरेको छ । त्यो अवस्थामा सूदूरपश्चिममा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

तर त्यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरूको अत्यन्त कम वा अपर्याप्त व्यवस्था भएका समाचारहरू प्राप्त भइरहेका छन् । त्यसो भएमा त्यसबाट खालि सूदुरपश्चिममा मात्र होइन, समग्र देशमा नै गम्भीर जोखिम पैदा हुने सम्भावना छ । त्यसकारण सूदूरपश्चिममा कोरना भाइरसको रोकथाम र चिकित्सकहरूको व्यवस्था गर्न समेत हामीले सरकारसित माग गर्दछौँ ।

२०७६ चैत्र २५ गते

दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा