तेस्रो नेपाल–बङ्गदालेश युवा सम्मेलन काठमाडौँमा



काठमाडौं । तेस्रो नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि काठमाडौँमा शुरु भएको छ । युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एशिया पाटनरसीप (साप) नेपालको आयोजना तथा नेपालस्थित बङ्गलादेश राजदूतावासको समन्वयमा शनिबारदेखि काठमाडौँमा सम्मेलन शुरु भएको हो ।

सम्मेलनमा बङ्गलादेशबाट २५, नेपालबाट ७५ युवासहित केही नेदरल्याण्ड र भारतका विज्ञहरुको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक अभिनभकुमार चौधरीले जानकारी दिए । सम्मेलनले युवा र युवाबीचको साझेदारीको विकास गर्ने तथा संस्कृतिक हस्तान्तरण, अनुभव आदानप्रदान, आपसी सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

दुईदिने सम्मेलनको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले उद्घाटन गरे । मन्त्री रायले युवाको व्यक्तित्व विकास र आपसी सम्बन्ध सुधारका लागि यस्ता सम्मेलन महत्वपूर्ण हुने बताए । उनले नेपाल भ्रमण वर्षको अवसरमा आयोजित उक्त कार्यक्रमले पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते शाम्सले नेपाल र बङ्लादेश बीचको पुरानो सम्बन्ध स्मरण गर्दै दुई देशबीच विद्युत् खरिद सम्झौता भइसकेकाले यसबाट अझै विशेष सम्बन्ध बढ्ने बताए ।
सम्मेलनमा दिगो विकास लक्ष्य, उद्यमशीलता, सामाजिक विकास, जलवायु परिवर्तन, सुशासनलगायत विषयमा छलफल हुनेछ । यस्तै दुई देशका कलाकारबाट संयुक्त सांस्कृति कार्यक्रमसमेत आयोजना गरिएको छ । सम्मेलनमा सहभागी आयोजक समितिका सल्लाहकार पदमराज जोशीले नेपाल र बङ्गलादेशबीच यस्ता कार्यक्रम वर्षको चार÷पाँच हुन थालेको उल्लेख गरे ।

नेपाल र बङ्गलादेशको सम्बन्ध सुमधुर हुँदाहुँदै पनि नेपालमा आउने बङ्गलादेशी पर्यटकको सङ्ख्या भने न्यून छ । गत वर्ष जम्मा २६ हजार पर्यटक मात्रै नेपाल भित्रिएको अध्यागमन विभागको अभिलेखमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्छौंः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी