शिक्षा मन्त्रालयद्वारा छात्रवृत्तिमा एमबिबिएस/बिडिएस अध्ययनका लागि दरखास्त आह्वान



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा एमबिबिएस तथा बिडिएसमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ बमोजिम ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौंं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालय अन्तर्गतको छात्रवृत्ति शाखाले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक ६ देखि २० भित्र अनलाइनमार्फत दरखास्त दिनसक्ने बताएको छ ।

सरकारले ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ मा व्यवस्था भएअनुरुप यसपटक देखि सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा एमबिबिएस तथा बिडिएसमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको छ।

निजी मेडिकल कलेजमा १० प्रतिशत, विदेशी लगानी भएका निजी मेडिकल कलेजमा २० प्रतिशत छुट्याइएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् ।

यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज भरतपुरले कूल सिट संख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ।

बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान छ । मत्रालयले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको योग्यताक्रम निर्धारण गरिने समेत सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी (म्याग्दी) । अष्ट्रेलियाका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको