नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने होइनः नेता पाैडेल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न नसकिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । उनले भने,‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होईन, हुने छैन् र हुने कल्पना पनि गर्न सकिँदैन् । पञ्चशिल, असंलग्नता र राष्ट्रसंघको वडापत्रप्रति हामी प्रतिबद्ध छौं ।’

पौडेलले नेकपाको केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनमा काठमाडौँमा हिजो सम्पन्न भएको सी चिनफिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्नका लागि कार्यक्रम गरिएको स्पष्ट पारे ।

उनले विचारधारात्मक छलफलको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको टिप्पणी गरे । उनले भने,‘साथीहरुले यो विषयमा यति धेरै हल्ला गरेर यस्तो मानसिकता बनाउनुहोला भन्ने लागेको थिएन । हामी तीन दिन छलफलमा सहभागी भयौं । विकास, संस्कृति र प्रविधिबारे धेरै कुरा सिक्ने अवसर मिल्यो । यो एकदमै राम्रो भयो ।’

नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर हौवा र संकेत गर्नु नै गलत भएको उनको भनाई छ । उनले भने,‘चिनियाँ मित्रहरुले भातृसंगठनको कुरै गर्नुभएको छैन् । सि जिनपिङको विचार तिमीहरुले मान्नुपर्छ भनेर उहाँहरुले एक रौं पनि भन्नुभएको छैन् । बरु, हामी कम्युनिष्टले बेलायत संसदीय अभ्यास पढेका छौं । सोही प्रणाली ८० प्रतिशत लागु गरेका छौं ।’

प्रेस स्वतन्त्रता, बालिक मताधिकार, शक्ति पृथकीकरणको सिद्धान्तलगायतका विषय आफूहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले नदिएको उनको भनाई छ । उनले भने,‘हामीले बेलायत, अमेरिका हुँदै लिएका हौं । यो त हामीले संविधानमा गरेको व्यवस्था हो । समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित्सहितको लोकतन्त्र छ ।’

नेता पौडेलले कांग्रेसका नेताहरुलाई वेष्ट मिनिस्टरियल प्रणाली अध्ययन गर्न पनि आग्रह गरे । उनले भने,‘तपाईहरु पश्चिमा प्रणाली अध्ययन गर्नुहोस । विपीले लेनिन पढ्नुभयो । रुस पढ्नभयो । प्रजातान्त्रिक समाजवाद उहाँले ल्याउनुभयो । मनमोहन अधिकारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन जानुहुन्थ्यो, नेकपाले आजमात्रै चीनसँग सम्बन्ध कायम गरेको होईन । कांग्रेसको पनि मित्रराष्ट्रसँग जहिल्यैपनि सम्बन्ध छ ।’

उनले रेडिमेड सिद्धान्तमा राखेर केही पनि कुरा बुझ्न नहुने धारणा राखे । उनले भने,‘हामी संसदीय प्रणालीको अधारभुत कुरा मान्न तयार छौं । आजको चीन बुझ्नको लागि हामीले छलफल गरेको हो ।’ उनले कांग्रेस नेता नारायणप्रसाद साउदले नेकपाले माफी माग्नुपर्छ भन्ने शब्द ‘प्रोभोक’ गर्ने कुरा भएको टिप्पणी गरे । उनले भने,‘हामीले छलफलमा जोमसोम, लोमान्थांका नाका, प्लेन रुट मागेका छौं । हामी संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीतिको पक्षपाती हौं ।’

चिनियाँ राष्ट्रपति सि जिनपिङको हुन लागेको नेपाल भ्रमण कतै नहोस भन्ने चाहेर हालै काठमाडौंमा भएको विचारधारात्मक छलफलको विरोध भएको त होईन भन्नेपनि उनले प्रश्न उठाए । उनले भने,‘हामीले कुरै नबुझी विरोध गर्नुहुँदैन् । मोदीको विकास हामी कम्युनिष्टले सिक्नुपर्छ । चीन राज्यले गरेको प्रगति, सबैले पढ्नुपर्छ । आजको युग भनेको प्रतिष्पर्धाको हो, त्यसैले पूर्वाग्रह राख्नुहुँदैन् ।

उनले आफूहरु कुनै एक देशको पक्ष राष्ट्र हुन नचाहेको पनि सुनाए । भारत र चीनसँग नयाँ आयाममा समबन्ध कायम राख्न चाहेको पनि उनले स्पष्ट पारे । उनले अघि थपे,‘भारत र चीन सिमानामा कुनै जमानामा लडाई गरेका थिए । तर, आज उनीहरुबीच खरवौंको व्यापार छ । हामी नेपालीको बुद्धि नफिर्ने ? एउटा छिमेकीसँग सम्बन्ध सुधार गर्दा अर्को प्राभोक हुन्छ भनेर बस्नुहुँदैन् । अनुभव आदानप्रदान गर्नुपर्छ । हामीले संवैधानिक व्यवस्था अपनाएका छौं । हामी यी कुराप्रति प्रतिबद्ध छौं ।’

चीनको राष्ट्रपतिको दुई दशकदेखि नेपाल भ्रमण नभएको सुनाउँदै उनको भ्रमणको सम्मुखमा अनावश्यक टिकाटिप्पणी गर्न नहुने उनको धारणा छ । उनले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोनजामा भएको छलफल निकै उपयोगी र फलदायी भएको सुनाए ।
उनले भने,‘हामीबीच भएको छलफल निकै महत्वपूर्ण रह्यो । यस्तै कांग्रेसले पनि गरोस् । हामी भारतको सत्तारुढ दल बिजेपीका प्रतिनिधिसँग भेट्न तयार छौं । उनले चीनको विकास हामीले सिक्न जरुरी छ । उहाँहरुले सन् २०३५ सुम्म गरिबी जिरोमा ल्याउने भन्नुभएको छ । तर, छलफलमा उहाँहरुले हामीलाई यो मान, उ मान कहीँपनि भन्नुभएन ।’

उनले छलफल तथा अन्तरक्रियामा चिनियाँ प्रतिनिधिहरुले आफ्नो पार्टी सबैभन्दा लोकतान्त्रिक पार्टी हो भनेको पनि सुनाए । उनले भने, ‘भ्रष्टाचारीलाई कारवाही गर्दारैछन् । यो कुरा एनपी साउदले पनि सिक्नुहोस् । चीनले हाँसिल गरेको प्रविधिको विकासको कुरा, संस्कृतिक कुरा हामीसँग सेयर गर्नुभयो । चीनमा सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भन्नुभयो । त्यसको विरुद्धमा अहिलेपनि छौं भन्नुभयो । निकै वैचारिक कुरा सुन्न पाईयो । तर, उहाँहरुले सि जिनपिङको कुरा मान्नुपर्छ भनेर कहीँपनि भन्नुभएन् ।’

उनले दुई देशबीचको सुमधुर सम्बन्ध र राम्रो वातावरण बिर्गान नचाहिने काम र कुरा गर्न नहुने धारणा राखे । उनले बरु, नेकपा र सरकारको विरोध गर्न कांग्रेस नेतालाई सुझाए । ‘देउवाजीले त बरु नेकपा र सरकारको जमेर विरोध गर्नुभयो । प्रधानमन्त्रीको विरोध गर्नुभयो । हामीले भन्न कहीँ रोकेको छ ? हामी आजको २१ ऋौं शताब्दीमा प्रतिष्पर्धा गर्ने र विरोध गर्ने जमानामा छौं । तर, पूर्वाग्रह नराखौं ।’–पौडेलले थपे । त्यस्तै, उनले आगामी दिनमा जापान, चीन, अमेरिका, भारत र कोरियाले के कारणले राम्रो गरे र आर्थिक समृद्धि हाँसिल गरे भनेर अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

उनले भाईचारा र भातृसंगठन फरक कुरा भएको सुनाउँदै आफूहरुले कर्सी मेन्टन गर्नेगरि सम्बन्ध गर्नेलाई बढावा दिएको स्पष्ट पारे । ‘नेकपाले धेरै पहिलेदेखि भाईचाराको सम्बन्ध राख्दै आएको थियो । तत्कालिन नेकपा एमालेले पनि कायम गरेको थियो ।’–उनले भने,‘पाँच बुँदा हेर्नुहोस त त्यहाँ कुनै आयोजना वा नदी, नालाको सम्झौता छैन् । विचार आदानप्रदान गर्न पाईँदैन् ? नपढ्ने हामीले ? सुनेर थाहा पाउन नहुने ? अन्तरक्रियाबाहेक केही पनि होईन।’

छलफलमा भाग लिनुअघिसम्म पनि आफूलाई बिआरई के हो भन्ने कुरा राम्रोसँग थाहा रैनछ भन्ने भान भएको उनले सुनाए । पौडेलले भने,‘यो छलफल तथा अन्तरक्रियामा सहभागी भएपछि यसबारेमा गहिरामा थाहा भयो । गरिबि, भ्रष्टाचार, प्रविधि, सामाजिक रुपान्तरणलगायतका उहाँहरुको प्रगति सुन्नलायक छ । सम्बनध सुधार गर्नको लागि निम्ति धेरै आवश्यक छ ।’

उनले नेपाल भारत र चीनजस्ता महाशक्तिको बीचमा रहेको रहेको सुनाउँदै दुवैलाई नभड्काईन समुधुर र सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने सुनाए । उनले भने,‘आजको र अबको व्यवहार गर्नुपर्छ । भड्काउपूर्ण कुरा नगर्नुहोस् । चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रयत्न गरौं । भुकम्पले भत्काएको कोदारी राजमार्ग बनाउने हो । रेलमार्ग बनाउने हो । पुँजी भित्र्याउने हो । आफूले केही पनि नगर्ने अनि अरुले गर्न लाग्यो भनेर विरोध गर्ने ? यो राम्रो परम्परा होईन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार