चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’ : नाटो प्रमुख



टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुख मार्क रुटले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् ।

नाटो प्रमुखको भ्रमण एशिया–प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

‘हामीले चीनप्रति सरलताका साथ काम लिनु हुँदैन’, महासचिव मार्क रुटले सोमबार प्रकाशित जापान टाइम्सलाई भने, ‘उनीहरूको सशस्त्र सेनाको विस्तार र रक्षा उद्योग तथा रक्षा क्षमताहरूमा गरेको लगानी आश्चर्यजनक छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्यतः युरोपेली नाटो गठबन्धनका अन्य सदस्यहरूलाई उनीहरूको सैन्य खर्च बढाउन दबाब दिइरहेका छन् ।

साथै उनले एशिया–प्रशान्त सहयोगीहरूलाई चीनको सामना गर्न र उत्तर कोरियालाई नियन्त्रण गर्न सहयोग पुर्‍याउन उनीहरूको सैन्य शक्ति बढाउन चाहेका हुन् ।

‘अमेरिकाले धारा ५ मा नभई शक्ति प्रक्षेपण गर्ने र नाटोभित्र एकअर्कालाई समर्थन गर्ने अर्थमा नाटोलाई (क्षेत्रमा) बढी संलग्न भएको हेर्न चाहन्छ’, रुटले भने।

नाटोको धारा ५ ले यदि एक सदस्य राष्ट्रमाथि आक्रमण गरिएमा अन्य सबैले यसलाई सबैमाथि आक्रमण मानेर सोही अनुसार कारबाही गर्नेछन् भन्ने व्यवस्था गर्दछ ।

रुटले मङ्गलबार योकोसुका नौसेना आधारको भ्रमण गर्ने र बुधबार प्रधानमन्त्री सिगेरु इसिबासहित वरिष्ठ जापानी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो ।

नाटोले पछिल्ला वर्षहरूमा तथाकथित आइपी४ भनेर जानिने जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसँगको सम्बन्ध बढाउन कदम चालेको छ । यी मुलुकका नेताहरू नाटो शिखर सम्मेलनहरूमा उपस्थित हुँदै आएका छन् ।

रुटले गत हप्ता जापान टाइम्सलाई नाटोले सूचना साझेदारी र रक्षा–औद्योगिक सहयोग बढाएर यो साझेदारीलाई अर्को स्तरमा लैजान चाहेको बताएका थिए ।

‘हामीले संयुक्त घोषणाहरूभन्दा अगाडि बढ्नुपर्दछ… यसलाई व्यावहारिक बनाऔँ’, गत अक्टोबरमा नाटो प्रमुख बनेका डच नागरिक रुटले भने ।

जापानले युरोपका देशहरूसँग सैन्य सहयोग बढाएको छ र गत नोभेम्बरमा टोकियो र युरोपेली सङ्घ (इयु) ले नयाँ सुरक्षा र रक्षा साझेदारीको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा