क्यानडाद्वारा अमेरिकाको करनीतिविरुद्ध डब्ल्यूटीओमा उजुरी



जनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति क्यानडाले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिएको छ ।

“क्यानडाले क्यानडाबाट अमेरिका पठाइने कार र कारका सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकी कदमका सम्बन्धमा डब्ल्यूटीओमा विवाद परामर्शको लागि अनुरोध गरेको छ,” सङ्गठनले भनेको छ।

संयुक्त राज्य अमेरिकामा निर्माण नगरिएका सबै कार र कारका पार्टपुर्जाका लागि अतिरिक्त कर लागू भएको दिन गत बिहीबार यो अनुरोध दायर गरिएको थियो, तर यो सोमबार मात्र डब्ल्यूटीओ सदस्यहरूलाई जानकारी गरिएको हो ।

उजुरीमा क्यानडा सरकारले अन्तर्राष्ट्रिय व्यापार कानून अन्तर्गत ‘संयुक्त राज्य अमेरिकाको दायित्वहरूसँग असङ्गत’ करहरू लगाएको आरोप छ ।

क्यानडाले अमेरिकाबाट आयात हुने दशौँ हजार सवारी साधनमा २५ प्रतिशत कर लगाउने बिहीबार बताएको छ ।

गत जनवरीमा सत्तामा आएदेखि नै ट्रम्पले अमेरिका आयात हुने विभिन्न सामानमा कर वृद्धिको घोषणा गरेका थिए, जसले गत हप्ता विश्वभरका देश र सामानको मूल्यमा असर पारेको छ ।

ट्रम्पले गत बुधबार घोषणा गरेको विश्वव्यापी करबाट क्यानाडा धेरै हदसम्म जोगिएको थियो, किनकि वासिङ्टनले अमेरिका–क्यानडा–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको अधिकांश उत्पादनहरू समावेश भएअनुरूपका सामानहरूलाई छूट दिएको थियो ।

अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मध्येको एक क्यानडाले स्टिल, आल्मुनियम र अन्य उत्पादनमा अझै पनि करको सामना गरिरहेको छ।

कार र र सवारी साधनका सामानहरूमा कर वृद्धिले विशेष गरी उत्तर अमेरिकामा पीडादायी हुने अपेक्षा गरिएको छ, जहाँ ती बजारहरू भारी रूपमा एकीकृत छन्।

डब्ल्यूटीओ परामर्शले पक्षहरूलाई यस विषयमा छलफल गर्ने र मुद्दाको साथ अगाडि नबढी सन्तोषजनक समाधान खोज्ने अवसर प्रदान गर्दछ।

क्यानडाले ट्रम्पको यसअघिको करवृद्धिको युद्धाभ्यासलाई लिएर डब्ल्यूटीओमा छुट्टै उजुरी दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।