सैनिक कारबाहीमा हिजबुल्लाहका कमाण्डर मारिएका इजरायलको दाबी



बेरुत । लेबनानको दक्षिणी भागमा युद्धविरामका बावजुद सोमबार भएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक कमाण्डरको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

गत नोभेम्बर २७ मा इरान समर्थित हिजबुल्लाह समूहसँग एक वर्षभन्दा बढी समयदेखि जारी युद्धविराम र दुई महिनालामो युद्धपछि इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “इजरायली शत्रुले सोमबार सीमा नजिकैको तैबेह शहरमा गरेको आक्रमणमा परी एक नागरिकको मृत्यु भएको छ ।”

इजरायली सेनाले ‘आफ्नो आक्रमणबाट युद्धको समयमा उत्तरी इजरायलको माथिल्लो गालील क्षेत्रतर्फ थुप्रै क्षेप्यास्त्र आक्रमणहरूमा संलग्न हिजबुल्लाहका तोपखाना कमान्डरको मृत्यु भएको जनाएको छ ।

लेबनानको सरकारी समाचार संस्था नेसनल न्यूज एजेन्सी (एनएनए) का अनुसार दक्षिण लेबनानको मर्जायोन जिल्लामा रहेको उक्त शहरमा मोटरसाइकल मर्मत गर्ने एक पसल अगाडि आक्रमण भएको हो ।

आइतबार लेबनानले दक्षिण लेबनानको जिबकिनमा इजरायली आक्रमणमा परी दुई जनाको मृत्यु भएको बताएको थियो भने इजरायली सेनाले उक्त क्षेत्रमा हिजबुल्लाहका कार्यकर्तालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

एनएनएले आइतबार दक्षिण लेबनानको नाकुरा क्षेत्रमा अस्थाई घरहरूमा इजरायलले आक्रमण गरेको जनाएको छ। यस्ता संरचनाहरू सामान्यतया द्वन्द्वमा घर फर्कने घर भत्किएका बासिन्दाहरूका लागि बनाइएका छन् ।

गत हप्ता इजरायली आक्रमणले दक्षिण लेबनानका अन्य स्थानहरू र हिजबुल्लाहको दक्षिणी बेरुत किल्लालाई समेत निशाना बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक