होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा



टोकियो । ‘अनुचित आचरणको आरोप’ लागेपछि होन्डा कम्पनीका कार्यकारी उपप्रमुखले सोमबार राजीनामा दिएका छन् ।

कम्पनीका निर्देशकसमेत रहेका शिन्जी आओयामामाथि लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो घटना ‘कामको समयभन्दा बाहिर एक सामाजिक जमघटको क्रममा’ भएको हो ।”

“कम्पनीको व्यवस्थापनमा एक नेताको रूपमा रहेका र मानव अधिकारको सम्मानको लागि एक उदाहरण स्थापित गर्ने विश्वास गरिएका नेतृत्वमाथि सिद्धान्तविपरीत आचरण गरेको आरोप लाग्नु गम्भीर र खेदजनक छ,” विज्ञप्तिमा भनिएको छ ।

फर्मको लेखा परीक्षण समितिले अनुसन्धान गरी घटनाबारे निर्देशकहरूको समितिमा अनुशासनात्मक कार्य योजना प्रस्तुत गरेको थियो । निर्देशकको समितिले उहाँविरूद्धको आरोपबारे निर्णय गर्ने अख्तियार दिइएको थियो । अओयामाले समितिले कुनै कदम चाल्नुअघि नै राजीनामा पत्र बुझाएका छन् ।

“कम्पनीको सञ्चालक समितिले आओयामाले आफ्नो पदबाट राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

होन्डाका अध्यक्ष तोशिहिरो मिबेले यस विषयको गम्भीरताका कारण स्वेच्छाले दुई महिनाका लागि आफ्नो मासिक क्षतिपूर्तिको २० प्रतिशत रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

“गलत आचरणका कारण हुने कुनै पनि असुविधाका लागि र यसले सबै सरोकारवालाहरूलाई निम्त्याएको गम्भीर अशान्ति र चिन्ताका लागि कम्पनी क्षमाप्रार्थी छ,” विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

सियोल। उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप

युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी