भारतको मुख्य शेयर सूचकाङ्क खुल्दा ३ प्रतिशत भन्दाबढीले गिरावट



 

मुम्बई । बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाउनुभएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको थियो ।
नेसनल स्टक एक्सचेन्जमा सबैभन्दा ठूला भारतीय कम्पनीहरू प्रस्तुत गर्ने निफ्टी ५० तीन दशमलव ५५ प्रतिशतले घटेको थियो ।

भारतको शक्तिशाली सूचना प्रविधि कम्पनीहरू समावेश भएको निफ्टी आइटी पाँच दशमलव ५३ प्रतिशतले घट्यो । निफ्टी आइटीको सबैभन्दा ठूलो बजार संयुक्त राज्य अमेरिका हो । द टाइम्स अफ इन्डियाले सेयर बजारको गिरावटलाई ‘रक्तपात’ भनेको छ ।

भन्सार शुल्क घोषणा भएपछि भारतको वाणिज्य विभागले ‘विभिन्न उपायका प्रभावहरू सावधानीपूर्वक परीक्षण गरिरहेको’ भन्दै एक विज्ञप्तिमा ‘यो नयाँ विकासका कारण उत्पन्न हुनसक्ने अवसरहरू पनि अध्ययन गरिरहेको’ जनाएको छ ।

भारतको औषधि क्षेत्र अमरिकाको पारस्परिक भन्सार शुल्क कदमबाट औषधिहरूलाई छुट दिएर सुरक्षित रह्यो । भारतको औषधि क्षेत्रले सन् २०२४ को आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकामा आठ अर्ब डलरभन्दा बढी उत्पादनहरू निर्यात गरेको थियो ।

भन्सार शुल्कहरू घोषणा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘महान मित्र’ रहेको तर उनले ‘हामीलाई सही व्यवहार नगर्नुभएको’ बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक