भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलङ्कासँगको घनिष्ठ सम्बन्धको प्रशंसा



कोलम्बो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काको पवित्र बौद्ध वृक्षको आइतबार दर्शन गरेका छन् ।
प्रधानमन्त्री मोदीले बौद्ध बहुल श्रीलङ्काको सार्वभौमिकताको प्रतीक अनुराधापुरामा रहेको श्री महाबोधीमा फूल चढाई बुद्धप्रति श्रद्धाभाव व्यक्त गरेका हुन् ।

बुद्धले दुई हजार ५०० वर्षअघि बुद्धत्व प्राप्त गरेको भनिएको धारतमा रहेको अञ्जीरको बोटको बिरूवा भएको विश्वास गरिने यस अञ्जीरको बोटलाई कडा पहरा दिएर राखिएको छ ।

हिन्दू राष्ट्रवादी भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ मा आफ्नो अघिल्लो भ्रमणका क्रममा पनि यसको पूजा अर्चना गर्नुका साथै दुवै देशका लागि यसको धार्मिक र सांस्कृतिक महत्वमाथि उजागर गरेका थिए ।

बोटानिकल नाम फिकस रिलिजियोसा भनिने यस रूखलाई दैनिक हजारौँले ‘जीवित बुद्ध’ को प्रतीकको रूपमा पूजा गर्छन्, यसको हाँगाहरू सुनको लेप लगाइएको फलामको सहारामा संरक्षित गरिएका छन् ।
भिक्षु, प्रहरी र सशस्त्र फौजले यस रूखको चौबिसै घण्टा पहरा दिनेगर्छन् ।

“यो भ्रमणले दुई देशबीचको गहिरो सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई पुनः पुष्टि गरेको छ,” मोदीले भारत फर्कनुअघि सामाजिक सञ्जालमा लेखेका छन् ।

शनिबार मोदी र श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले रक्षा र ऊर्जालगायत सात सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दिसानायकेले श्रीलङ्काप्रति देखाएको ‘गहिरो व्यक्तिगत मित्रता’ सम्मानस्वरूप उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान प्रदान गरेका छन् ।

मोदीको यो भ्रमणलाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्ने रणनीतिक कदमका रुपमा हेरिएको छ । दिसानायकेले आफूले मोदीलाई ‘भारतको सुरक्षालाई कमजोर पार्न कसैले पनि श्रीलङ्काली भूमि प्रयोग गर्न नदिने’ आश्वासन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

सियोल। उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप

युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी