अमेरिकाले ग्रिनल्यान्डलाई ‘चीनमा निर्भर हुन दिनेछैन’



ब्रसेल्स । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार वासिङ्टनले ग्रिनल्यान्डवासीहरूको आत्मनिर्णयलाई सम्मान गरेको तर स्रोत–सम्पन्न स्वायत्त यस डेनिस क्षेत्रलाई चीनमा निर्भर हुन नदिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कारणहरूका लागि आर्कटिक द्वीप कब्जा गर्न चाहेको बारम्बार बताउँदै आएका छन् । यसले अमेरिकाको दीर्घकालीन मित्र र नाटो सदस्य डेनमार्कलाई क्रोधित बनाएको छ ।

“ग्रिनल्यान्डवासीहरू डेनमार्कको हिस्सा हुन चाहँदैनन् भन्ने कुरामा डेनमार्कले ध्यान केन्द्रित गर्नुपर्छ”, ब्रसेल्समा नाटोका विदेशमन्त्रीहरूसँगको बैठकपछि रुबियोले भने, “हामी अब चीनलाई भित्र आउन दिन, उनीहरूलाई धेरै पैसा दिन प्रस्ताव गर्न र चीनमा निर्भर बन्न भन्न गइरहेका छैनौँ ।”

ग्रिनल्यान्डको ५७ हजार जनसङ्ख्याको विशाल बहुमत डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छ तर संयुक्त राज्यको हिस्सा बन्न चाहँदैन भन्ने जनमत सर्वेक्षणले देखाएको छ ।

गत हप्ता टापुको भ्रमणका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वासिङ्टनले ‘ग्रिनल्यान्डवासीहरूको आत्मनिर्णयलाई सम्मान गर्ने’ कुरा स्पष्ट पार्नुभएको रुबियोले बताए । नुक र कोपेनहेगन दुवैले यस भ्रमणलाई उक्साहटको रूपमा हेरेका थिए ।

रुबियोले नाटो वार्ताको साइडलाइनमा भएको बैठकपछि, दुई देशबीचको ‘बलियो’ सम्बन्धबारे आफ्ना डेनिश समकक्षीलाई आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

ओस्लो । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार