टर्कीमा डुङ्गा डुब्दा नौ आप्रवासीको मृत्यु



इस्तानबुल । टर्कीको पश्चिमी तटमा आप्रवासीहरूको डुङ्गा डुब्दा नौ आप्रवासीको मृत्यु भएको र अन्य २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

यो घटना अयभासिक जिल्लाको तटमा भएको स्थानीय गभर्नरको कार्यालय र तटरक्षकले बताएका छन् ।
“खोजी र उद्धार प्रयासको परिणाम स्वरूप नौ शव फेला परेका छन् र २५ जना आप्रवासीलाई उद्धार गरिएको छ”, बेपत्ता एक आप्रवासीको खोजी जारी रहेको उल्लेख गर्दै गभर्नरको कार्यालयले विज्ञप्तिमा भनेको छ । आप्रवासीहरूको राष्ट्रियता तत्काल थाहा थिएन ।

सोही दिन ग्रिसको लेस्बोस टापुमा आप्रवासी बोकेको डुङ्गा डुब्दा तीन बालकसहित सात जनाको मृत्यु भएको र २३ जनालाई उद्धार गरिएको ग्रिसको तटरक्षकले जनाएको छ । डुङ्गामा लगभग ३० जना थिए र मौसम सामान्य हुँदा टर्कीको तटबाट छोटो दूरीमा पल्टिएको थियो ।

टर्कीको तटरक्षकको एक स्रोतले एएफपीलाई दुई दुर्घटना असम्बन्धित भएको बताएको छ ।
टर्कीको तट र युरोपेली सङ्घ (इयु) प्रवेश द्वारका रूपमा काम गर्ने नजिकैका ग्रीक द्वीपहरू सामोस, रोड्स र लेस्बोस बीचको छोटो तर खतरनाक मार्गमा जहाज दुर्घटनाहरू धेरै सामान्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी