गुजरातको पटाका गोदाममा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो



नयाँदिल्ली । भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ५ जना घाइते भएका छन् ।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।

प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक सङ्ख्या बढेको हो । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

सुडान । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

बेइजिङ । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक

पाकिस्तानबाट पाँच हजारभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

इस्लामावाद । पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश

चीनद्वारा अत्याधुनिक ‘सञ्चार उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

सिचाङ । चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।