बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान



लन्डन । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गरेका छन्।

लन्डनले आयोजना गरेको अनियमित आप्रवासनविरुद्ध लड्ने दुई दिवसीय बैठकमा ४० देशका प्रतिनिधिले भाग लिएका थिए। शिखर सम्मेलनमा स्टारमरले एकसाथ काम गरे मात्र मानव तस्करी सञ्जालहरू समाप्त गर्न सकिने बताए।

शिखर सम्मेलनमा भियतनाम र इराकजस्ता आप्रवासीहरूको उत्पत्ति देशका प्रतिनिधिहरूका साथै बाल्कनजस्ता पारगमन देशहरूका प्रतिनिधिहरू सहभागी छन्। शिखर सम्मेलनमा बोर्डर फोर्सका प्रमुख, बेलायतमा सीमा नियन्त्रण कार्यहरूका लागि जिम्मेवार निकायका साथै इन्टरपोल, युरोपोल र अफ्रिपोलका प्रतिनिधिहरू पनि सहभागी छन्।

यो शिखर सम्मेलन युरोपेली संघ (इयू)ले अनियमित आप्रवासीहरूको निष्कासन गतिलाई तीव्र पार्न आफ्नो सीमाभन्दा बाहिर आप्रवासी केन्द्रहरू स्थापना गर्ने विचार गरिरहेको समयमा भएको छ।

बैठकमा सहभागीहरूले मानव तस्करी सञ्जालहरूले मानिसहरूलाई अवैध रूपमा भित्र्याउन प्रयोग गर्ने उपकरण, पूर्वाधार र जालसाजी कागजातहरू जाँच्नेछन्। उनीहरूले कसरी ती सञ्जालहरू सञ्चालन हुन्छन् र अनलाइनमा आप्रवासीहरूको आकर्षणविरुद्ध लड्न विश्वव्यापी सहमति पुग्नेबारे पनि छलफल गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अरू इलेक्ट्रोनिक्स सामानलाई

अमेरिकी सहायता कटौतीले अफगानिस्तानमा लाखौं मानिसलाई भोकमरीको खतरा

काबुल । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस

तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित

बेइजिङ । चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

सुडान । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह