ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान



कायरो । हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गरेका छन्।

सामी अबु जुहारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “नरसंहार र भोकमरीको संयोजन गर्ने यो कुटिल योजनाको सामना गर्न विश्वको जुनसुकै कुनामा पनि हतियार बोक्न सक्ने जो कोहीले पनि कदम चाल्नुपर्छ।”

उनले भने, “विष्फोटक पदार्थ, गोली, चक्कु वा ढुङ्गा नरोक्नुहोस्। सबैले आफ्नो मौनता तोडिदेओस्।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासका नेताहरूलाई गाजा छोड्न दिने प्रस्ताव गरेको एक दिनपछि अबु जुहरीले यो आह्वान गर्नुरेका हुन्। तर गाजामा युद्धको अन्तिम चरणमा प्यालेस्टिनी लडाकू समूहलाई निःशस्त्रीकरण गर्न माग गरिएको थियो।

उक्त अवसरमा नेतन्याहूले गाजावासीलाई अन्य देशमा विस्थापित गर्ने ट्रम्पको योजनाका लागि इजरायलले काम गरिरहेको बताए।

नेतन्याहूले युद्धपछि इजरायलले गाजामा समग्र सुरक्षा सुनिश्चित गर्ने र प्यालेस्टिनी क्षेत्रमा बसोबास गर्ने सबै २४ लाख मानिसलाई सामूहिक विस्थापनका लागि आह्वान गरेको ट्रम्प योजनाको कार्यान्वयनलाई सक्षम बनाउने र यसलाई ‘स्वैच्छिक आप्रवासन योजना’को संज्ञा दिएका छन्।

गत जनवरीमा पदभार ग्रहण गरेको केही दिनपछि ट्रम्पले गाजाबाट गाजावासीलाई हटाउन प्रस्ताव गरेका थिए तर यसको अरब राष्ट्रहरूसहित विश्व समुदायबाट विरोधपछि उनले उक्त प्रस्तावको चर्चा गरेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दाबढी घाइते

सान्तो डोमिङ्गो । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको छत

गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

न्युयोर्क । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजापट्टीबाट करिब चार लाख प्यालेस्टिनी विस्थापित

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

नयाँदिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार

अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित

रोम । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले १४ वटा देशमा आपत्कालीन