म्यान्माको भूकम्पलाई लिएर मलेसियाद्वारा विशेष आपतकालीन आसियान बैठक आयोजना



क्वालालम्पुर । म्यान्मामा गएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै मलेसियाले विशेष आपतकालीन आसियान विदेशमन्त्री बैठकको आयोजना गरेको छ ।

मलेसियाका विदेशमन्त्री महामहिम मोहमद हसनज्यूको अध्यक्षतामा भिडियो कन्फरेन्समार्फत सम्पन्न बैठकमा आसियान सदस्य राष्ट्रका विदेशमन्त्रीको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी मन्त्रीज्यूहरूले भूकम्पका कारण ज्यान गुमाएका दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । साथै, यस कठिन परिस्थितिमा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

“म्यान्मा तथा थाइल्यान्डप्रति दृढ समर्थन व्यक्त गर्दै भूकम्पको प्रभाव न्यूनीकरण गर्न आसियान परिवार एकजुट रहेको छ,” बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा आसियानको मानवीय सहायता तथा विपद् व्यवस्थापनका लागि समन्वय केन्द्र (एएचए) मार्फत सहयोग परिचालन गर्ने निर्णय गरिएको छ ।

बैठकमा मानवीय सहायता सहज बनाउन म्यान्मामा सुरक्षित तथा अनुकूल वातावरण आवश्यक रहेको कुरामा विशेष जोड दिइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार शुक्रबार आएको उक्त शक्तिशाली भूकम्पका कारण हालसम्म करिब एक हजार ७०० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित

रोम । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले १४ वटा देशमा आपत्कालीन

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’ : नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुख मार्क रुटले चीनको सशस्त्र

ट्रम्पले ५० प्रतिशत थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

बेइजिङ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार महसुलको धम्कीविरुद्ध

दक्षिण कोरियामा राष्ट्रपतिको निर्वाचन घोषणा

बीबीसी । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आगामी जुनमा निर्वाचन हुने भएको