म्यान्माका लागि रेडक्रसद्वारा १० करोड डलर माग



जेनेभा । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको सहयोगका लागि १० करोड अमेरिकी डलरभन्दा बढीको आपतकालीन सहायताका लागि आइतबार अपिल गरेको छ ।

विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल आईएफआरसीले शुक्रबार मध्य शहर मान्डले नजिकै गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा म्यान्मामा व्यापक क्षति पुगेको जनाइएको छ ।

आईएफआरसीले भनेको छ, “सहयोगका लागि आईएफआरसीले १० करोड स्विस फ्रान्क (एघार करोड ५० लाख) को आपतकालीन रकमको माग गर्दछ । उक्त रकम करिब २० हजार घरपरिवारका एक लाख व्यक्तिलाई आगामी २४ महिनाका लागि जीवन–बचत राहत र प्रारम्भिक उद्धार सहायताको लागि खर्च गरिनेछ ।”

तापक्रम वृद्धि र केही हप्ताभित्र मनसुनको मौसम नजिकिँदै गरेकोले ‘गौण सङ्कट आउनुअघि’ प्रभावित समुदायलाई तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

“यो विपत्ति मात्र होइन”, आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर माथेउले भने,“यो एक जटिल मानवीय सङ्कट हो।”

म्यानमाले अझै पनि आन्तरिक विस्थापन र खाद्य असुरक्षाको सामना गरिरहेको छ। यो भूकम्पले पहिलेदेखिको कमजोर आर्थिक अस्थालाई झनै विकराल बनाएको छ । विश्व समुदायले साहसिक र दिगो प्रतिक्रियाका लागि सहायता गर्न अघि बढ्नुपर्छ ।

म्यान्मा रेडक्रस सोसाइटीले खोजी तथा उद्धार कार्य सुरु गर्नका लागि स्थानीय स्तरमा उपलब्ध तालिम प्राप्त स्वयंसेवक परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वयंसेवकहरूले प्राथमिक उपचार गर्ने, अस्पतालपूर्व हेरचाह प्रदान गर्ने, कम्बल, त्रिपाल र हाइजिन किटजस्ता आपतकालीन राहत सामग्रीहरू वितरण गर्ने र घुम्ती स्वास्थ्य टोलीहरू तैनाथ गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दाबढी घाइते

सान्तो डोमिङ्गो । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको छत

गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

न्युयोर्क । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजापट्टीबाट करिब चार लाख प्यालेस्टिनी विस्थापित

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

नयाँदिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार

अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित

रोम । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले १४ वटा देशमा आपत्कालीन