छत्तीसगढको सुकमा जिल्लामा भएको मुठभेडमा १६ नक्सलवादी लडाकूको मृत्यु



छत्तीसगढ ।   छत्तीसगढको सुकमा जिल्लाको केरलापाल क्षेत्रमा शनिबार भएको मुठभेडमा १६ जना नक्सलवादी सशस्त्र लडाकूको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुई प्रहरी जवान घाइते भएको प्रहरी महानिरीक्षक सुन्दरराज पीले बताए ।

अधिकारीहरूका अनुसार जिल्ला प्रहरी र केन्द्रीय प्रहरीले शुक्रबार सुरु गरेको संयुक्त आतङवाद् विरोधी अभियानमा गोप्य सूचनाको आधारमा कारबाही सुरु गरिएको थियो । संयुक्त टोली मार्च २८ मा खोजी अभियानका लागि तैनाथ गरिएको थियो भने गोलीबारी शनिबार पनि जारी छ ।

संयुक्त टोलीले हाल मुठभेडस्थल तथा वरपरको भुभागमा गहन खोजी गरिरहेको छ । भारतीय गृहमन्त्री अमित शाहले २२ मार्चमा संसदमा ३१ मार्च २०२६ सम्ममा देशबाट नक्सलवादीहरूको उन्मूलन हुने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग विकल्पहरूबारे छलफल

वासिङटन । बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको

गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा